भारतको अर्थतन्त्र निरन्तर ओरालो लागेपछि सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ। अर्थतन्त्रको अधोगति रोक्न सन् २०१९ सुरु भइसकेयता भारतको केन्द्रीय बैंकले पाँच पटक ब्याजदर कटौती गरिसकेको छ।
बिहीबार छैठौँ पटक ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ। यद्यपि, यसले अर्थतन्त्रको धीमा गतिलाई बढाउन सकेको छैन।
गत वर्ष ७ प्रतिशतका दरले बढिरहेको भारतीय अर्थतन्त्र जुन–सेप्टेम्बर त्रैमासिक अवधिमा वृद्धिदर ४.५ प्रतिशतमा झरेको छ। र यो वृद्धिदर हरेक महिना श्रमबजारमा ओर्लिने लाखौँ भारतीय युवालाई रोजगार दिन पर्याप्त नरहेको विज्ञहरुको भनाइ छ।
खासगरी निजी लगानीलाई निरुत्साहित गरेको, रोजगारी बढाउन नसकेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना भइरहेको छ। उनी आर्थिक विकासको नारा अघि सारेर सन् २०१४ मा निर्वाचित भएका थिए। दोस्रो कार्यकालका लागि उनको पार्टीले विशाल बहुमत हासिल गरेपनि अर्थतन्त्रमा उनले सुधार गर्न सकेका छैनन्।
विपक्षी कांग्रेससहित आलोचकहरुले सरकारको गलत नीतिका कारण अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको आरोप लगाएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया