कारोबार


उद्योग समितिमा उपभोक्ता अधिकारकर्मीले भनेः अनुगमन नहुँदा बजार भाउ आकाशियो

उद्योग समितिमा उपभोक्ता अधिकारकर्मीले भनेः अनुगमन नहुँदा बजार भाउ आकाशियो

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १०:३४,

उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमी आएको र मूल्यवृद्धि अत्यधिक भएको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको बताएका हुन्।

उनीहरुले बजार महँगो हुनुका साथै गुणस्तरहीन वस्तु आउँदा समेत अनुगमन हुन नसकेको बताएका छन्। अत्यावश्यक वस्तुहरु दूध, तरकारी, पानी, तेल, औषधिलगायतका वस्तुको गुणस्तर र मूल्यमा अनुगमन आवस्यक रहेको उनीहरुको भनाइ छ।

बैठकमा उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्यधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा उपभोक्ताकर्मीहरुसँग पहिलो चरणको छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमिति संयोजक नरबहादुर धामीले बताए। उनले अत्यावश्यक उपभोग्य वस्तुमा अनुगमन आवश्यक रहेको बताए।

उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधिलागयतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतमा अनुगमन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन बुझाउनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad