NepalKhabar NepalKhabar

कारोबार


अब भाइबरबाटै यती एअरलाइन्सको टिकट पाइने

अब भाइबरबाटै यती एअरलाइन्सको टिकट पाइने

फाइल तस्बिर


नेपालखबर
असार १६ , काठमाडौँ

यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको छ। 

भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने छ। 

‘भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले ‘भर्चुअल सेल्स काउन्टर’को व्यवस्था गरी यो सेवा २०७९ आषाढ १६ गतेबाट सुरु हुने कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ, ‘हाम्रो भर्चुअल काउन्टर बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म १२ घण्टा खुल्ला रहने छ, सो समयभित्र यात्रुहरुले ‘५–वटा–१०’ भाइबर नम्बरमा मेसेज पठाई आफूलाई आवश्यक परेको टिकटको लागि अनुरोध गर्न सक्नुहुनेछ।’ 

टिकटको भुक्तानी क्यूआर कोडमार्फत सजिलैसँग गरी टिकट लिन सकिने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । हाल यती एअरलाइन्सको  टिकट मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई–सेवा र खल्ती मार्फत् उपलब्ध छ, अब भने यात्रुहरुले भाइबरमार्फत् पनि टिकट लिन सक्नेछन् । 

यात्रुहरुले सकेसम्म छिटो र सरल तरिकाले यती एअरलाइन्सको टिकट भाइबरबाट लिन सक्नेछन् । हाललाई यो सेवा मेसेज मात्र पठाउन मिल्ने गरी सुरु गरिएको छ, केही समयपश्चात् कल पनि गर्न मिल्ने व्यवस्था मिलाउने यती एअरलाइन्सले जनाएको छ ।

असार १६, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.