ad ad

ग्लोबल


५ वर्षमा दोब्बरले बढे अस्ट्रेलिया बस्ने नेपाली

५ वर्षमा दोब्बरले बढे अस्ट्रेलिया बस्ने नेपाली

नेपालखबर
असार १६, २०७९ बिहिबार १४:७, काठमाडौँ

बितेको ५ वर्षमा अस्ट्रेलियामा बस्ने नेपालीको संख्या दोब्बरले बढेको छ। 

अस्ट्रेलियाको गत वर्षको जनगणनाको नतिजाअनुसार यस्तो पाइएको हो। 

योसँगै अस्ट्रेलियामा नेपालीहरुको संख्या १ लाख ४० हजार पुगेको छ। त्यस्तै अस्ट्रेलियाली राजधानी क्षेत्र (एसीटी) र तास्मानियामा टप ५ बोलिने भाषामा नेपाली भाषा पनि पर्न सफल भएको छ।

यसअनुसार एसीटीमा १.३ प्रतिशत र तास्मानियामा १.३ प्रतिशतले घरमा नेपाली भाषा बोल्ने गरेको पाइएको छ।

सन् २०१६ र २०२१ को बीचमा नेपालीहरुको संख्या १२४ प्रतिशतले वृद्धि भएको देखिएको हो। त्यसबाहेक भारतीय ४८ प्रतिशतले, पाकिस्तानी ४५ प्रतिशतले, इराकी ३८ प्रतिशतले र फिलिपिनो २६ प्रतिशतले बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .