कारोबार


प्रभु बैंकको कृषि क्षेत्र विकास कार्यक्रम सम्बन्धी नयाँ कर्जाबारे अन्तरक्रिया

प्रभु बैंकको कृषि क्षेत्र विकास कार्यक्रम सम्बन्धी नयाँ कर्जाबारे अन्तरक्रिया

नेपालखबर
भदौ ७, २०७९ मंगलबार २०:२५, काठमाडौँ

प्रभु बैंक लिमिटेडले कृषि क्षेत्र विकास कार्यक्रम (एसडीपी) को लाभग्राहीका लागि विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित होटेल भ्याली भ्यूमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रभु बैंक लि.का सीबीसीओ सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो। 

एसडीपीका संयोजक विनोद कुमार भट्टराईले एएसडीपीको परिचयसहित कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरिकाको बारेमा जानकारी गराए। 

प्रभु बैंकका हेड माइक्रोफाइनान्स डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले एएसडीपीको लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै लोन प्रोडक्ट बनाई कार्यान्वयन गरिने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्र्तगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरे।

बैंकका अनुसार कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १- गरिबी विहीन र लक्ष्य २-शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .