कारोबार


पेट्रोल ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

पेट्रोल ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

नेपालखबर
भदौ २९, २०७९ बुधबार २०:१४, काठमाडौँ

सरकारसँग तीन बुँदे सहमती भएसँगै पेट्रोल ढुवानी व्यवसायीको आन्दोलन फिर्ता भएको छ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र पेट्रोल ढुवानी व्यवसायी महासंघका पदाधिकारीबीच भएको छलफलमा तीन बुँदे सहमति भएको हो।

सहमतिसँगै पेट्रोल ढुवानी व्यवसायी आन्दोलनका कार्यक्रम फिर्ता लिएर ढुवानी सेवा सुचारु गर्न सहमत भएका हुन्।

व्यवसायीको माग अनुसार भाडा वृद्धि सम्बन्धी प्रतिवेदन आगामी असोजभित्रमा लागू गर्ने, नेपाल पेट्रोल टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका माग आवश्यक छलफल गरी सम्बोधन गर्न सरकार तयार भएको हो।

यस्तै पेट्रोल ढुवानी व्यवसायी महासंघ पनि आन्दोलन फिर्ता लिएर आजैदेखि आपूर्ति सहज बनाउन सहमत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad