कारोबार


पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १८:१३, काठमाडौँ

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ।  

इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको छ।

नयाँ मूल्यसूचि अनुसार अब नेपाल आयल निगमलाई पेट्रोलमा ८ रुपैयाँ नाफा हुन्छ। तर डिजेलमा अझै घाटा पूर्ति हुन नसकेको निगमले जनाएको छ। 

निगमका अनुसार मूल्य घटेर आउँदा पनि मासिक २० करोड रुपैयाँ घाटा पर्छ। एलपी ग्यास र डिजेलको घाटाको कारण निगम आगामी समयमा पनि घाटामा रहने निगमले जनाएको छ। 

पेट्रोलमा यो सहित ३ पटक मूल्य घटेर आइसकको छ। तर निगमले मूल्य घटाएको भने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .