कारोबार


आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

नेपालखबर
असोज २, २०७९ आइतबार १७:५३, काठमाडौँ

यातयात व्यवस्था विभागले आकस्मिक रूपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। 

सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिए। उनका अनुसार विभागले सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रूपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन्। निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad