ad ad

कारोबार


नेपाल बैंकका ‘डबल धमाका मुद्दती खाता’मा पैसा दोब्बर हुने समय अवधि घट्यो

नेपाल बैंकका ‘डबल धमाका मुद्दती खाता’मा पैसा दोब्बर हुने समय अवधि घट्यो

नेपालखबर
असोज ३, २०७९ सोमबार १७:५२, काठमाडौँ

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ग्राहकको रुचि र आवश्यकताअनुसारका नयाँ नयाँ डिपोजिट प्रोडक्टहरु ल्याइरहेको छ। 

यसै अनुरुप बैंकले हालै मात्र संंचालनमा ल्याएको  डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ। 

अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष  ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ। यसमा न्युनतम रु पच्चीस हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ। 

त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ। सरकारी बैंक भएको र जनबिश्वास उच्च भएकोकारणले पनि लामो समयमको मुद्दतीमा ग्राहकहरुको धेरै नै आकर्षण रहेको देखिन्छ।

संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ। यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ। यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन्।

बैंकले बिदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ।

अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ। यसमा न्यूनतम २५ हजार रुपैयाँभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ।

नेपाल बैंक सरकारी बैंक भएको र नेपालभर शाखा संजाल भएको कारणले पनि विदेशमा रहेका नेपालीहरुबीच नेपाल बैंकको डबल धमाका रेमिट्यान्स मुद्दतीखातामा बढ्दो आकर्षण देखिएको छ। 

यी डबल धमाका मुद्दती खाताहरु सीमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। 

नेपालभर २१९ शाखाहरु, १८६ एटीएम साथै ४९ एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .