कारोबार


सुर्खेतको वराहतालमा नबिलको शाखारहित बैंकिङ सेवा

सुर्खेतको वराहतालमा नबिलको शाखारहित बैंकिङ सेवा

नेपालखबर
असोज ९, २०७९ आइतबार १८:२०, काठमाडौँ

नबिल बैंकले सुर्खेत जिल्ला, वराहताल गाउँपालिका २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। 

कार्यक्रमका प्रमुख अतिथि वराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा एकैसाथ शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोज कुमार थापालाई बीएलबी मेसिन र प्रमाण पत्र हस्तान्तरण गरेर शाखारहित बैंकिङ सेवाको सुरुवात गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाँउपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए। 

कार्यक्रममा बोल्दै नबिल बैंक वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले वराहताल गाँउपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुवात गर्न पाउदा आफु अत्यन्त खुसी भएको बताए । 

नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याउन हरदम तत्पर रहेको जानकारी दिए । 

नबिल बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।

नबिल बैंकले दिगो बैंकिङ्ग कार्यक्रम अन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पु¥याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।  

यसका साथै नबिल बैंकले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा डिजिटल बैंकिङ तथा वित्तीय पहुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति, सुर्खेतको सभाहलमा भएको उक्त कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवधन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको थियो।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad