ad ad

कारोबार


भिडोल लुब्रिकेन्टसको ‘इन्डष्ट्रियल मिट’मा ४० बढी उद्योग सहभागी

भिडोल लुब्रिकेन्टसको ‘इन्डष्ट्रियल मिट’मा ४० बढी उद्योग सहभागी

नेपालखबर
असोज ११, २०७९ मंगलबार १८:२, काठमाडौँ

भिडोल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भि. जि. ल्युब प्रा. लि. ले ‘इन्डष्ट्रियल मिट’ को आयोजना गरेको छ।

नेपालका उद्योगहरुलाई भिडोल लुब्रिकेन्ट्सको सहि प्रयोगको तरिकाहरु तथा त्यसबाट पाउन सकिने लाभहरुको बारेमा जानकारी गराउन बिरगञ्जस्थित होटल भिशुवामा कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ। 

कार्यक्रममा ४० वटा भन्दा बढी उद्योगबाट १०० भन्दा बढी प्राविधिक, पर्चेज हेड तथा प्रबन्धकहरुको उपस्थिती रहेको थियो।  
कार्यक्रममा टाईड वाटर आयल कम्पनीका ए.जि.एम. प्राविधिक हेड शिरिष चन्दावरकर र अन्तर्राष्ट्रिय बिक्री व्यापार विभागका सुमन्त्रा दासगुप्ताको आतिग्यता रहेको थियो। 

कार्यक्रम औपचारिक रुपमा भि. जि. ल्युब प्रा. लि. का इन्डष्ट्रियल सेल्स हेड प्रतिक पौडेलले स्वागत मन्तव्यबाट शुरुवात गरे। सो कार्यक्रममा अन्य विभिन्न प्रस्तुतीकरणहरु भएको थियो।

उक्त कार्यक्रममा दिनेश खनालद्वारा गरिएको प्रस्तुतिमा भि. जि. ल्युब प्रा. लि. को परिचय र नेपाली बजार परिदृश्यबारे जानकारी गरिएको थियो।

यसैगरि सुमन्त्रा दासगुप्ताको प्रस्तुतिमा भिडोल ब्रान्डको सिद्धान्त, सम्पदा र अन्तर्राष्ट्रिय व्यापार परिदृश्य र शिरिष चन्दावरकरको प्रस्तुतिमा उत्पादन विशिष्टता र औद्योगिक सञ्चालनमा लुब्रिकेन्टको प्रविधि बारेमा जानकारी गराइएको थियो। नृत्य र गीत जस्ता मनोरञ्जनात्मक प्रदर्शनद्वारा कार्यक्रमको समापन भएको थियो। 

कार्यक्रम जानकारीमूलक र सहयोगी भएकोमा सहभागीहरूले प्रशंसा पनि गरे। इन्दुशंखर चिनी मिल हरियोन सर्लाहीको खरीद प्रमुख अरविन्द गौतमले ‘कार्यक्रममा उपस्थित हुन पाउँदा र आफ्नो कम्पनीको सेवामा लामो समयदेखि विश्वस्तताका साथ प्रयोग गर्दै आएका ब्रान्डका बारेमा थप जान्न पाउँदा सौभाग्यशाली महसुस’ भएको बताए। 

उद्योग प्रतिनिधिहरुलाई नयाँ उत्पादनहरुको जानकारी गराउन तथा ब्यापारिक सम्बन्ध बढाउन यस्ता किसिमका कार्यक्रमहरु पहिले देखि नै निरन्तर भई राख्नु पर्ने कुरा भि. जि. ल्युब प्रा. लि. का व्यापार प्रमुख दिनेश खनालले बताए।  

भिडोल लुब्रिकेन्ट्सले अटोमोटिभ तथा उद्योगहरुलाई आवश्यक पर्ने लुब्रिकेन्ट्सहरुको बिक्री वितरण गर्दै आइरहेको छ। भिडोल लुब्रिकेन्ट्सको निरन्तर प्रयोगले यन्त्र तथा इन्जिनको आयु समेत लामो पार्ने कम्पनीको दाबी छ।

टाईड वाटर आयल कम्पनी, लुब्रिकेन्टसहरुको बजारमा प्रख्यात नाम हो। अटोमोटिभ तथा ईन्डस्ट्रीयल बजारहरुमा टाईड वाटर आयलले आफ्ना उत्पादनहरु सप्लाई गरिरहेको छ। टाईड वाटर आयलले आफ्ना उत्पादनहरु भिडोल लुब्रिकेन्टस् को ब्राण्ड अन्तर्गत बजारीकरण गर्दै आएको हो।

यसको रजिस्टर्ड कार्यालय कोलकतामा छ। यस कम्पनीका भिडोल ब्रान्डेड प्रोडक्टहरु हाल ७० भन्दा बढी देशहरुमा बिक्री वितरण भइरहेको छ।

भि.जी. ल्युबले सन् २०१६ जुलाई देखि नेपालमा भिडोल लुब्रिकेन्टसलाई प्रतिनिधित्व गर्दै आएको छ। भि.जी. ल्युब भारतको टाईड वाटर आयल कम्पनीको ब्राण्ड भिडोल लुब्रिकेन्टसको लागि नेपालको आधिकारिक विक्रेता हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .