कारोबार


मुगुको सोरु र बाजुराको हिमाली गाउँपालिकामा टेलिकमको फोरजी सेवा

मुगुको सोरु र बाजुराको हिमाली गाउँपालिकामा टेलिकमको फोरजी सेवा

नेपालखबर
साउन १, २०८३ शुक्रबार १२:७, काठमाडौँ

नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। 

सोरुकोटमा सेवा शुभारम्भसँगै आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकता अनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना र नातीखोला लगायतका गुम्बा सम्म अर्थात बाजुराबाट रानिसैन पुग्ने पदमार्गमा कभरेज पुगेको छ। त्यसैगरी कुवाडी खोलाको संगममा रहेका गाउँहरु तथा हुम्ला ताँजाकोट २ जाने मार्गमा समेत यसको कभरेज पुगेको छ। 

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने भएका छन्। यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सो क्षेत्रका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ। 

‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पु-याउँने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad