ad ad

कारोबार


भारतीय अर्बपतिको दाबी : चीन विश्वमा एक्लिँदै छ

भारतीय अर्बपतिको दाबी : चीन विश्वमा एक्लिँदै छ

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०७९ बुधबार १२:५०, काठमाडौँ

भारतीय अर्बपति गौतम अदानीले चीन एक्लिँदै गएको बताएका छन् । उनले आगामी दिनमा चीनले यसको अझै बढ्दो एक्लोपना महशुस गर्ने बताएका छन् । 

मंगलबार सिंगापुरमा आयोजित एक सम्मेलनमा बोल्दै अदानीले बढ्दो राष्ट्रियतावाद, आपूर्ति शृंखलाको जोखिम र प्राविधिक कडाइसँगै बेइजिङको बेल्ट एन्ड रोड इनिसिएटिभविरुद्धका गतिविधिले विश्वमञ्चमा चीनको भूमिका प्रभावित हुने बताएका हुन् ।

एसियाकै धनी अदानीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा घरजग्गा क्षेत्रमा देखिएको जोखिमले सन् १९९० को दशकको हराएको दशकका दौडान जापानी अर्थतन्त्रमा भएजस्तै हुने भन्दै तुलना गरेका थिए । अदानीले विश्वकै तेस्रो ठूलो धनी भएको महिना दिन बितेको छैन । उक्त स्थान पाउने अदानी पहिलो एसियाली धनाढ्य हुन् । उनी अदानी ग्रुपका संस्थापक हुन् भने उनको बन्दरगाहदेखि ऊर्जा क्षेत्रसम्ममा विभिन्न कम्पनीमा लगानी छ ।

चीनप्रति निराशावादी धारणा राखेका उनले आफ्नो देशको भने मजाले तारिफ गरे । भारत राजनीतिक, भूरणनैतिक र बजारका हिसाबले राम्रामध्ये एक लगानीको क्षेत्र रहेको दाबी गरे ।  उनको अनुमानअनुसार भारत २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ । उनले केही प्रविधि कम्पनीहरुले चिनियाँ निर्भरता तोड्दै भारतप्रति आकर्षित भइरहेको उनको भनाइ छ ।

सोमबार मात्रै एप्पलले आईफोन १४ भारतमा उत्पादन गर्ने निर्णय गरेको थियो । आपूर्ति शृंखलालाई विविधीकरण गर्न यस्तो आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीहरुले बताउँदै आएको छ । सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .