ad ad

कारोबार


ग्राहकको स्वास्थ्य सेवाबारे पनि सोच्दै नबिल बैंक

ग्राहकको स्वास्थ्य सेवाबारे पनि सोच्दै नबिल बैंक

नेपालखबर
असोज १२, २०७९ बुधबार १५:२१, काठमाडौँ

नेपालमा स्वास्थ्य र शिक्षामा धेरै खर्च गर्नुपर्ने गुनासो सर्वसाधारणबाट आइरहन्छ। 

त्यसलाई नै ध्यानमा राखेर नबिल बैंकले आफ्ना ग्राहकहरुलाई सो क्षेत्रमा केही सहुलियत दिने उद्देश्यले बनाएको योजना कार्यान्वयनमा लैजाने भएको हो। 

मंगलबार नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको हो। उक्त सम्झौताअनुसार नबिल बैंकका ग्रहकहरुले म्याक्स हेल्थकेयरका स्वास्थ्य संस्थामा छुट पाउनेछन्। 

नेपालबाट धेरै बिरामीहरु भारतमा गएर उपचार गराउँदै आइरहेका छन्। उनीहरुलाई केही सहुलियत होस् भन्ने हेतुले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा नबिल बैंक आफ्नो एक कदम अघि बढाएको जनाएको छ। 

म्याक्स हेल्थकेयर भारतमा ठूलो चेन भएको स्वास्थ्य संस्था हो। यसको उत्तरी भारतमा ठूलो संजाल रहेको छ। 

म्याक्स सुपर स्पेसलिटी हस्पिटल दिल्ली ६ वटा रहेको छ। गुरगाउँ र देहरादुनमा समेत म्याक हस्पिटल रहेको छ। यो स्वास्थ्य संस्था भारतको उच्च किसिमको उपचार गर्ने संस्थामा पर्दै आएको छ। यसलाई हरेक प्रकारको बिरोमी हरेक उपचार गरिने संस्थामा गनिन्छ। र सबै उपचार विशेषज्ञ डाक्टरबाट हुन्छ।

कसरी पाउने सुविधा? 
नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा छुट पाउने गरी सम्झौता भएको हो। 
उक्त सम्झौताअनुसार नबिलका ग्राहकहरुले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउने छन्। साथै शल्यक्रियामा समेत छुट पाइनेछ। 

कति छुट पाइनेछ?
ओपीडी र आईपीडी सेवा लिँदा १२ प्रतिशत अनिवार्य छुट हुनेछ। नबिल बैंकको कार्ड प्रयोग गरि भुक्तानी गरेको खण्डमा छुट सुविधा स्वतः पाइने व्यवस्था हुनेछ। साथै शल्यक्रिया सेवामा समेत विशेषय छुट हुने बताइएको छ।  

मंगलबारमा एक समारोहबीच नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट मुख्य बिक्रीतर्फका वरिष्ठ निर्देशक तथा मार्केटिङ अधिकृत अनस अब्दुल वाजिदले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौतासँगै बैंकका ग्राहकहरु तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएका छन्।

कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए। त्यस्तै छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए।

कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मिर्गौला, लिभर, बोन म्यारोको प्रत्यारोपण, मुटुको शल्यक्रिया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे। अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेमा उनले सधैँ तत्पर रहने जनाए।

नबिलले उक्त कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरू’ विषयक छलफल गराएको थियो। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा शेरबहादुर पुन र डा. सन्दीप बुिद्धराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाले प्यानलमा बोल्दै दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरु सजग रहनु जरुरी रहेको बताए।

बढ्दो सहरीकरण, स्वास्थ्यमा जागरूकताको कमी, स्वास्थ्य शिक्षामा फितलो अभ्यास, रोग तथा स्वास्थ्यप्रतिको मनोवृत्तिले लोप भइसकेका रोगहरु पुनः महामारीको रुपमा फैलिनुको कारण रहेको डा. पुनले जानकारी दिए। 

सर्ने र नसर्ने दुवै रोगहरुको उत्तिकै जोखिम रहेको बताउँदै सजग भई खानपान र रहनसहनमा ध्यान दिन डा. बुिद्धराजाले सुझाव दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .