कारोबार


टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि

टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १८:२४, काठमाडौँ

टाटा मोटर्सले विद्युतीय गाडीको आपूर्तिमा वृद्धि गरिएको जनाएको छ। आपूर्ति बढेसँगै माग अनुसार गाडी बिक्री गर्न सहज हुने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार अहिले नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीको बुकिङ एक हजार भन्दा बढी छ।

यी गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको कम्पनीको दाबी छ। 

यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तीन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ।

नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको कम्पनीको भनाइ छ।

यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने छैन।

यसैगरी फोर्ड इन्डिया प्रा.लि. को सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ। 

कम्पनीका अनुसार प्राविधिक रुपले समुन्नत यसको प्रतिवर्ष ४ लाख २० हजार इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ।

कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुप विकास गर्नेछ। टाटा मोटर्स ले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ।

टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको बिक्री वितरण प्रारम्भ गरेको एक वर्ष पुरा गरेको छ। चार्जिंङ र ग्राहक सेवा सम्बन्धी बृहत पूर्वाधारसहित यी गाडीहरुले निरन्तर बजार विस्तार भइरहेको छ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंङ स्टेसन र १०० वटा स्लो चर्जिंङ स्टेसनको स्थापना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .