ग्लोबल


रुसले कब्जा गरेको युक्रेनी भूभागमा फौजी शासन लागू हुने पुटिनको घोषणा

रुसले कब्जा गरेको युक्रेनी भूभागमा फौजी शासन लागू हुने पुटिनको घोषणा

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १८:२५, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट कब्जा गरिएका चार क्षेत्रहरुमा फौजी शासन लागू गरेका छन्। उनले रुसका सबै क्षेत्रका प्रमुखहरुलाई आपतकालीन अधिकार पनि दिएका छन्।

बिहीबार बिहानदेखि दोनेस्क, लुहान्स्क, खेर्सन र जापोरिजामा फौजी शासन लागू हुने घोषणा पुटिनले गरे। फौजी कानुनअन्तर्गत कस्ता कदम चालिनेछन् भन्ने उनले स्पष्ट पारेनन्। 

पछिल्लो समय युक्रेनले प्रत्याक्रमण बढाउँदै लैजाँदा कब्जामा लिएका क्षेत्रमा रुसी सेना ठूलो दबाबमा छ। खेर्सनमा युक्रेनी सेनाले आक्रमण गर्ने आकलनका साथ रुसले सो क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न पनि सुरु गरिसकेको छ।

आगामी ६ दिनमा ६० हजारभन्दा बढी मानिसलाई खेर्सनमा रुसतर्फ सारिने बताइएको छ।

पुटिनको घोषणलाई रुसको संसदको माथिल्लो सदनले तुरुन्तै पारित गर्ने बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad