कारोबार


अमेरिकासँग सिधा हवाई उडान तयारी, काठमाडौंमा अमेरिकी अधिकारी

अमेरिकासँग सिधा हवाई उडान तयारी, काठमाडौंमा अमेरिकी अधिकारी

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १७:५२, काठमाडौँ

नेपालको हवाई सुरक्षाबारे निरीक्षण गर्न अमेरिकन अधिकारी नेपाल आएका छन्। 

नेपालसँग दुईपक्षीय सिधा उडान सम्झौताको पूर्वतयारीका रुपमा नेपालको हवाई क्षेत्रको निरीक्षण गर्न अमेरिकन अधिकारी आएका हुन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा प्रमुख राजु श्रेष्ठले दुई देशबीच पछिल्लो समय भएका छलफल र हवाई क्षेत्रको अवस्था बुझ्न उनी नेपाल आएको जानकारी दिए। 

‘आज १ जना अमेरिकन अधिकारी नेपाल भित्रिएका छन्,’ श्रेष्ठले भने,‘उनले प्राधिकरण र सरकारका विभिन्न निकायसँग छलफल गर्दैछन्। अरु अधिकारी पनि आवश्यकताको आधारमा आउनेछन्।’

उनले दुईपक्षीय हवाई सम्झौता हुन केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्कालै निर्णय नहुने बताए। 

अमेरिकन उड्डयन नियामक निकायका अधिकारी नेपाल र अमेरिकाको हवाई क्षेत्रमा विश्वसको वातावरण बढाउने गरी आएको श्रेष्ठले जानकारी दिए।   

‘अमेरिकामा सिधा उडान गर्ने कतार एयरवेज, टर्की एयरवेजले नेपालमा उडान भरिरहेका छन्,’ श्रेष्ठले भने, ‘नेपालको हवाई सुरक्षामा समस्या छैन। अमेरिकी अधिकारी नेपालमा उडान गर्ने सक्ने आधार देखेरै बुझ्न नेपाल आएका हुन्।’

आईकाओले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको अडिट रिपोर्ट बुझाएको छ। युरोपियन युनियनले पनि नेपालको हवाई उडानसम्बन्धी अडिट गरेको छ। 

उक्त रिपोर्ट आउन बाँकी छ। प्राधिकरणको नेतृत्वले यही महिना नेपालको हवाई क्षेत्र युरोपियन युनियनको कालोसूचीबाट हट्ने बताउँदै आएका छन्। 

नेपाल कालोसूचीमा परेसँगै नेपालका हवाई कम्पनीले चाहेर पनि युरोप अमेरिका सिधा उडान गर्न पाएका छैनन्। 

युरोपियन युनियनको कालोसूचीबाट हटेर नेपाल-अमेरिका सिधा हवाई उडान सम्झौताले उड्ययन क्षेत्रमा उल्लेख्य प्रगति हुने अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad