कारोबार


बाबुरामको योजना : एकै दिन रेलबाट मेची-महाकाली, काठमाडौंदेखि सगरमाथा केवलकार

बाबुरामको योजना : एकै दिन रेलबाट मेची-महाकाली, काठमाडौंदेखि सगरमाथा केवलकार

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १७:३४, काठमाडौँ

नेपाल समाजवादी पार्टीले आगामी मंसिर ४ गतेको संसदीय निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तयार पारेको घोषणापत्र आइतवार सार्वजनिक भएको हो।

उक्त घोषणापत्रमा देशको विकासका लागि महत्वाकांक्षीय आयोजना अघि सारिएको छ।

जसमा रेलमार्गदेखि केवलकारसम्म रहेका छन्। यो पटक नेकपा माओवादी केन्द्रको हँसिया हथौडाबाट चुनाव लडिरहेको समाजवादीले घोषणापत्र भने अलग्गै ल्याएको हो। 

उक्त घोषणापत्रमा पूर्व–पश्चिम लोकमार्गको समानान्तर रेलमार्ग निर्माण गरिने उल्लेख छ। जसअनुसार एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने रेल मार्गको निर्माण गरिने प्रतिवद्धता जनाइएको छ।

त्यसैगरी उत्तरी छिमेकी चीनको रेल सञ्जाल नेपाल ल्याउने पनि उल्लेख छ। ‘रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–काठमाडौं रेल लुप निर्माण गरिनेछ’, घोषणा पत्रमा भनिएको छ, ‘काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण।’

समाजवादीको घोषणापत्रमा काठमाडौं एयरपोर्टलाई आत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गरिने उल्लेख छ।

त्यस्तै सर्वोच्चले रोक लगाएको बारास्थित निजगढमा आत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गरिने जनाइएको छ।

पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा एकएक अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण तथा स्तरोन्नति गरिने घोषणा पत्रमा उल्लेख छ।
समाजवादीले अर्को महत्वाकांक्षी योजनाअन्तर्गत काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म केवलकार निर्माण गरिने कुरा घोषणा पत्रमा छ।

त्यस्तै दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, पोखरा–जोमसोम, विदुर–केरुङ, उदयपुर–ओखलढुङ्गा, धनकुटा–खाँदबारीमा पनि केवलकार निर्माण योजना अघि सारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad