नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालनमा रहेको हिमालय एयरलाइन्सको जहाज पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
भैरहवाबाट चार्टर्ड उडानका लागि हिमालयको जहाज विमानस्थल पुगेको हो।
जहाजले आजै यहाँबाट १३५ जना यात्रु मलेसिया लैजानेछ। उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले आज केही ढिलो भएको कम्पनीले जनाएको छ।
काठमाडौंका आकाशमा ‘होल्ड’ हुनेछैनन् जहाज, भैरहवाले गर्दै छ उडान ‘सेयर’
हिमालयले अब नियमितजसो अन्तर्राष्ट्रिय उडान उक्त विमानस्थलबाट गर्नेछ। काठमाडौंबाट क्वालालम्पुर, त्यहाँबाट भैरहवा, भैरहवाबाट क्वाललम्पुर र क्वाललम्पुरबाट काठमाडौंसम्म उडान भर्नेछ।
372
Shares
प्रतिक्रिया