जाल्पा सामुदायिक लघुवित्तले आफ्ना सेयरधनीलाई भारी लाभांश बाँड्ने भएको छ।
कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगदै लाभांश बाँड्ने निर्णय गरेको हो।
कम्पनीको गत १९ गते बसेको सञ्चालक समिति बैठकले उक्त बोनस तथा नगद लाभांश प्रस्तावको निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी गत आवसम्म १६ करोड रहेको छ। कम्पनीले त्यसको ७३ प्रतिशत अर्थात् ११ करोड बोनस सेयर र ३.८ प्रतिशत अर्थात् ६१ लाख ४७ हजार ३ सय ६८ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश दिनेछ।
राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
36
Shares

प्रतिक्रिया