सेयरबजारमा आज हरियाली छाएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४३.२० अंकले र सेन्सिटिभ सूचक ८.०९ अंकले बढेको हो।
योसँगै नेप्से १९६५.३६ विन्दुमा पुगेको छ। साताको पहिलो कारोबार दिन २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर बिक्री भएको छ।
यो भनेको १ अर्ब ५४ करोड ८० लाख ३२ हजारको खरिदबिक्री हो। आइतबार १३ मध्ये सामूहिक लगानी कोषको सूचक मात्रै घटेको छ। बाँकी समूहको सूचक सबै बढेका छन्।
७ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए
आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताले १० वा सोही प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्।
मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो लघुवित्त, उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्त लगायतका सेयरधनीले कमाएका हुन्। गुमाउने लगानीकर्ताले भने २.४८ प्रतिशतसम्म गुमाएका छन्।
आज नेष्डो लघुवित्तको सर्वाधिक १० करोडको सेयर किनबेच भएको छ।
Shares

प्रतिक्रिया