ad ad

कारोबार


ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने

ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १८:५१, काठमाडौँ

ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ।

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्नका लागि बैंकले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

आइतबार उक्त सम्झौतामा हस्ताक्षर भएको छ। 

बैंकले ११.२५ प्रतिशत ब्याज प्रदान गर्नेगरी ५ वर्षको लागि उक्त ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ। 

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .