ad ad

कारोबार


ह्वावे र वेबसर्फरबीच  डिजिटल रूपान्तरणमा साझेदारी

ह्वावे र वेबसर्फरबीच  डिजिटल रूपान्तरणमा साझेदारी

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १८:१, काठमाडौँ

वेबसर्फर र ह्वावेबीच आईएसपीको डिजिटल रूपान्तरणको लागि पार्टनरसीप सम्झौता भएको छ । 

यस औपचारिक सम्झौतासँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउन हात मिलाएका छन् । 

यसै वर्षदेखि वेबसर्फरलाई एण्ड-टु-एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी ह्वावेले वहन गर्नेछ । 

यो पार्टनरसीपले ताजा सोलुसनद्वारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कुरामा दुवै कम्पनीहरू सहमत रहेको बताइएको छ। 

यो ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर आरएन्डडी लगानीको परिणाम हो र फलस्वरुप यसको  छिटो बढ्दो प्रयोगकर्ता आधार छ । ह्वावेले सो आईएसपीलाई यसको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ । 

ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ । 

ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ । 

“यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले हाम्रा दुई कम्पनीका लागि विन-विन लाभहरू सिर्जना गर्नेछ”, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने, “हामी वेबसर्फरको लागि एक फ्युचर-प्रुफ नेटवर्क सिर्जना गर्दैछौं र ह्वावेको पछिल्लो कन्सुमर-एण्ड उपकरणहरू नेपालमा ल्याइरहेका छौं ताकि ग्राहकहरूले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून्।' 

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्री यो नयाँ साझेदारीबाट उत्साहित छन्। 

“बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा, ह्वावे नै उच्च गतिको फाइबर इन्टरनेट र सुरक्षित नेटवर्क सोलुसनको लागि सोलुसन उपलब्ध गराउने प्रतिस्पर्धी बिनाको प्रविधिको लिडर रहेको छ । हामी ह्वावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं,” उनले भने, “यस पार्टनरसीपको फलस्वरूप, वेबसर्फरका ग्राहकहरूले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइम बिना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्नेछन् । ह्वावेले हामीलाई बढ्दो प्रविधिहरूसंगै अगाडि राख्ने र हाम्रा ग्राहकहरूलाई लेटेस्ट प्राविधिक अनुभवहरू उपलब्ध गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।“ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .