असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनियम सञ्चिति ६.२ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा रु.११ खर्ब ३ अर्ब १२ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा ९ अर्ब ६३ करोड पुगेको हो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा रु.९ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा रु.१ खर्ब४४ अर्ब ९५ करोड पुगेको छ। २०७६ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ।
प्रतिक्रिया