विश्वकै सबैभन्दा ठूलो खेल मेला फिफा विश्वकपको दिनगन्ती शुरु भैसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भैसकेका छन्।
यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना ‘सेभ लाइक अ च्याम्पियन (बचत गरौँ, च्याम्पियन बनौं)’ सञ्चालन गर्ने भएको छ।
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन हुनेछ। यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ, इमेल समाधानहरु) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिने बैंकले जनाएको छ। बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन्।
Shares

प्रतिक्रिया