कारोबार


सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाउँमा

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाउँमा

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १६:३२, काठमाडौँ

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत कात्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । 

पदमपुर शाखा नयाँ ठाउँमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरी सेवा सञ्चालन गरेका हुन्।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। 

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .