ad ad

कारोबार


स्मार्टफोन खरिददेखि बिक्रीपछिका सेवा सुनिश्चित गर्दै भिभो

स्मार्टफोन खरिददेखि बिक्रीपछिका सेवा सुनिश्चित गर्दै भिभो

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २२:२१, काठमाडौँ

स्मार्टफोन खरिद केवल एक चरणको सरल प्रक्रिया होइन। यसमा स्मार्टफोन किन्नु अघि र खरिद पछि उपलब्ध हुने सेवा सुविधाबारे अधिक अनुसन्धानहरु समावेश हुन्छन्।

उपभोक्ता केन्द्रित ब्रान्ड, भिभो परिष्कृत ग्राहक सेवामार्फत सहज तरिकाले उपयोग चक्रलाई बुझाउन लागि परेको छ।

नेपालमा भिभो शुरुवातदेखि नै उपभोक्ताहरूलाई विश्वस्तरीय प्रविधिहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ। उचित समयमा सही कामहरू गर्ने बेन्फेन दर्शनद्वारा निर्देशित, भिभोले उपभोक्ताहरूको जीवनलाई समृद्ध र सकारात्मक रूपमा प्रभाव पार्ने प्रयास गरिरहेको छ।

'मोर लोकल, मोर ग्लोबल' दृष्टिकोणबाट निर्देशित भएर ब्राण्डले नेपाली उपभोक्ता बजारमा फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स इमेजिङ सिस्टम जस्ता विश्वव्यापी प्रविधिहरू ल्याइरहेको छ। यसबाहेक, भिभोले स्थानीय प्रतिभा, संस्कृति, र ग्राहकलाई प्राथमिकतामा राखेर धेरै अभियानहरू संचालन गर्दै आइरहेको छ।

भिभोले आफ्ना ग्राहकहरूसँग निकट सम्बन्ध कायम गरेको छ। चाहे नयाँ उत्पादनहरू डिजाइन गर्ने होस्, वा उन्नत प्रविधिहरूका लागि अनुसन्धान सञ्चालन गर्ने होस् यी सबै प्रयासहरू उपभोक्ताहरूको जीवनस्तर वृद्धि गर्नका लागि हुन्। 

तसर्थ, उपभोक्ताका लागि यी सेवाहरुको पहुँचयोग्यता सुनिश्चित गर्न, ग्राहक सेवाहरूको एक व्यापक अफलाइन र अनलाइन नेटवर्क स्थापना गरिएको छ।

एक हजार भन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा सेवा केन्द्रहरू (काठमाडौं, नारायणगढ, पोखरा र इटहरी) मार्फत भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट बिक्री पछिको सेवाहरू प्रदान गर्दछ। अत्याधुनिक सुविधाहरू र उपकरणहरूले सुसज्जित सेवा केन्द्रहरूले ग्राहकहरूलाई झन्झटमुक्त खरिद र बिक्री पछिको सेवा अनुभव सुनिश्चित गर्दछ।

ग्राहकहरुलाई कृतिज्ञता प्रकट गर्ने प्रयासमा भिभोले हरेक महिना २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे आयोजना गर्दै आइरहेको छ। बिक्रीपछिका स्मार्टफोन सेवाको महत्वलाई बुझेर कम्पनीले यस दिन बिक्रीपछिका सेवाहरू जस्तै सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध गर्दछ।

यसबाहेक, प्रयोगकर्ताहरुले खरिद गरेको नयाँ उपकरणको हार्डवेयरमा कुनै समस्या भएमा १–महिना भित्र प्रतिस्थापन गर्दछ। साथै, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा/नीति पनि दाबी गर्न सक्छन्।

भिभोले ग्राहकहरुलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६–महिनाको वारेन्टी, पार्टकको सशूल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६–महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ।

सहज ग्राहक सेवा अनुभवका लागि प्रयोगकर्ताहरुले कल सेन्टरमा ग्राहक सेवा टोलीलाई सम्पर्क गरेर सबै प्रश्नहरूको कुशलतापूर्वक र सन्तोषजनक समाधान लिन सक्नेछन्। सबै स्मार्टफोनको स्पेयर पार्ट्स वेबसाइट  मा मूल्य सूची सहित उपलब्ध छन्।

साथै, प्रयोगकर्ताहरुले फेसबुक र इमेल मार्फत सोधपुछ गरेर तत्काल समस्याको समाधान गर्न पनि सक्छन्। यो बाहेक, उपभोक्ताहरूका लागि भिभोले विभिन्न प्रस्तावहरु र स्थानीय अभियानहरू पनि सञ्चालन गर्दै आइरहेको छ।

भिभोको भी र वाई सिरिजहरु उपभोक्ताको आवश्यकता अनुरुप विकसित गरिएका छन्। वाई सिरिजलाई युवा उपभोक्ताका लागि सुलभ मुल्यमा फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्ने आदर्श साथीको रूपमा विकसित गरिएको छ।

भी सिरिजमा रंग–परिवर्तन हुने विशेषता तथा उत्कृष्ट प्रदर्शन र उत्कृष्ट क्यामेरा सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई सबै व्यावसायिक र रचनात्मक कार्यहरूमा मद्दत गर्दछ।

नवप्रवर्तनको नेतृत्व गर्ने दृष्टिकोण मार्फत, भिभोले आफ्ना ग्राहकहरूलाई प्रिमियम स्मार्टफोन अनुभव र कुशल ग्राहक समर्थनद्वारा खुसी पार्ने प्रयास गर्दछ। भिभो उपभोक्ताहरूसँग व्यक्तिगत सम्बन्ध स्थापना गर्न र ग्राहकहरुलाई हरेक चरणमा मद्दत गर्न प्रतिबद्ध छ।

भिभो आफुले प्राप्त गरेको माया र सम्मानको प्रतिफलमा आफ्ना मूल्यवान ग्राहकहरूलाई सेवा प्रदान गर्न समर्पित छन्। आगामी दिनमा भिभोले यो विरासतलाई निरन्तरता दिँदै उपभोक्ता र ब्रान्डबीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाउनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .