वेस्टर्न युनियन मनी ट्रान्सफरको दशैँ लक्षित सुनपति अभियानको विजेतामा रेविका सुनुवार घोषित भएकी छिन्। विजेता भएसँगै बम्पर लक्की ड्रमार्फत उनले १० तोला सुन जितेकी हुन् ।
वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो।
वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी 'दस तोला सुनपती, दस हप्तासम्म उपहार कति कति' अभियान सुरु गरेको थियो।
१० तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, १० हप्तासम्म लक्की ड्रबाट १०/१० जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुल्हो पनि जितेका छन्।
अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् ।
वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरु बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिँदै आएको छ ।
प्रतिक्रिया