कारोबार


एनआईबीएल एस क्यापिटल र एचएमडीएल प्रालिबीच लगानी सम्झौता

एनआईबीएल एस क्यापिटल र एचएमडीएल प्रालिबीच लगानी सम्झौता

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १८:३, काठमाडौँ

लगानी बैंक एनआईबीएल एस क्यापिटल र दुगड हेल्थ केयरअन्तर्गतको कम्पनी एचएमडिएल बिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा एनआईबीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डे र एचएमडीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाइस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका हुन्।  

भारतको सबैभन्दा ठुलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा एचएमडीएल मेडिकल उपकरण रिएजेन्ट्सहरु, फार्मास्युटिकल ड्रग्स एवम औषधिलगायतका सामानहरु विकास गर्ने, उत्पादन गर्ने र बजारिकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी बन्न पुगेको छ।   

कोभिड १९ महामारीको समयमै सन २०२१ मा स्थापना भएको एचएमडीएलले उक्त समयमा टाटा मेडिकल एन्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पीसीआर किट्सहरु आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। 

त्यो समयमा एचएमडिएलले ल्याएका सम्पूर्ण पिसिआर किट्स र रिएजेन्ट्सहरु यति धेरै बिक्री भयो कि यसले नै पूरै बजार कब्जा गरेर आफ्नै एउटा ब्रान्ड बनाउन सफल भएको थियो । यसको साथै एचएमडिएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रहरूमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान पनि ल्याएको छ। 

कम्पनीले टाटासँग सहकार्य गरेर नेपाल भरी हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्रहरु स्थापना गरी विभिन्न उत्पादन र सुबिधाहरु प्रदान गर्ने योजना बनाएको छ । साथै सर्वसाधारणलाई सुलभ मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने विशाल उद्धेश्यको साथ कम्पनीले नेपालभर सम्पूर्ण सुविधासम्पन्न डायग्नोस्टिक तथा रिएजेन्ट्स उत्पादन केन्द्रहरु स्थापना गरेर सञ्चालन गर्ने जनाएको छ । 

एचएमडिएलले स्वास्थ्य सेवामा नवीनतम र फ्युचरिस्टिक प्रविधीहरु समायोजन गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसले सर्वसाधारणलाई एकिकृत र सुपथ मुल्यमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल र अन्य डायग्नोस्टिक ल्याबहरुसँग मिलेर पनि काम गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .