कारोबार


साढे ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्दै बाराही हाइड्रोपावर

साढे ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्दै बाराही हाइड्रोपावर

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १४:३९, काठमाडौँ

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को निष्काशन गर्ने भएको हो । 

कम्पनीले प्रतिसेयर सय रुपैयाँ अङ्कित दरका कुल पाँच लाख ५४ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता सेयरमा एक लाख ४६ हजार कित्ता तोकिएको बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

कम्पनीले निष्काशन गर्ने सेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच लाख १५ हजार दुई सय २० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले मङ्सिर २६ सम्म आवेदन दिन सक्नेछन् । साथै, उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस ६ गतेसम्म आवेदन दिन पाइने छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्नेछन् । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत् तथा मेरो सेयरको वेवसाइट र मोबाइल एपमार्फत् पनि आवेदन दिन सक्नेछन् । 

कम्पनीले बागलुङको जैमिनी नगरपालिका १, ४ र ५ मा पर्ने ठेउले खोलामा एक दशमलव पाँच मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी– आईआर बी माइनस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .