कारोबार


एकै दिन साइमेक्सले गर्‍यो ५० वटा बीवाईडी ईभी डेलिभरी

आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक
एकै दिन साइमेक्सले गर्‍यो ५० वटा बीवाईडी ईभी डेलिभरी

नेपालखबर
जेठ ६, २०८१ आइतबार १४:४२, काठमाडौँ

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ। 

शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो। 

उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरिएको कम्पनीले उल्लेख गरेको छ। यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधानतर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ। अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशीलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरुमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रुपमा कार्य गरेको छ।

कम्पनीका अनुसार सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो। बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ। निर्बाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्नेछ।

‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनः पुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशील तण्डुकारले भने। 

अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने कम्पनीको प्रतिबद्धतालाई यसले दर्शाउने उनको भनाइ छ। 

उनका अनुसार आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ । 

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन्।

यी गाडी इनर्जी एफिसियन्ट समेत छन्। इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad