यस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि.का सेयरधनीको सातौँ वार्षिक साधारणसभा गरिएको छ।
सोमबार कम्पनीको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो।
उक्त सभाले कम्पनीको आ.व. २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।
उक्त साधारणसभाले आ.व. २०७९÷८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ।
12
Shares
प्रतिक्रिया