ad ad

कारोबार


१८ सुविधासहित आयो ‘जेनेरेसन सानिमा सेभिङ्ग खाता’, शून्य मौज्दातमा खोल्न सकिने

१८ सुविधासहित आयो ‘जेनेरेसन सानिमा सेभिङ्ग खाता’, शून्य मौज्दातमा खोल्न सकिने

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १७:३५, काठमाडौँ

सानिमा बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेसन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ। 

उक्त खाता १८ वर्षभन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता रहेको बैंकले जनाएको छ। 

शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ। साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्बा आवेदन, देशभरका भिसा नेटवर्क एटीएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ। 

यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम÷छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ। 

यस खाताले युवाबीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटीएम सञ्जालहरु सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .