ad ad

कारोबार


बैंकहरुमा थुप्रियो पैसा, एक हप्तामै बढ्यो ११ अर्ब

बैंकहरुमा थुप्रियो पैसा, एक हप्तामै बढ्यो ११ अर्ब

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार २२:३२, काठमाडौँ

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनमा सुधार भएको देखिएको छ। पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरुमा मात्रै ११ अर्ब रुपैयाँ थपिएको हो। 

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार मंसिर ९ गतेसम्ममा ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा मंसिर १६ गते सम्म आइपुग्दा ४५ खर्ब ७३ अर्ब पुगेको छ। 

चालू आर्थिक वर्षको सुरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो। वणिज्य बैंकहरुको यो तथ्याङ्कले तरलतामा सहज भएको देखाएको छ। 

बैंकहरुको ब्याजदर वृद्धि हुँदा आर्थिक मन्दी नै गएको कारणले कर्जा प्रवाह नै कमी भएको  समेत निजी क्षेत्रले बताएको छ। नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अहिले ब्याजदर वृद्धिको कारणले नै अर्थतन्त्रमा समस्या पैदा भएको बताउँछन्। 

उनले भने, ‘निजी क्षेत्रको लगानी संकुचित भई राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको छ।’

ब्याजदरको उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक असहजता, अन्तर्राष्ट्रियरुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिस्टिक्स र फ्रेट शुल्कमा समेत वृद्धि भएको छ । यसले गर्दा अनुमानित वित्तीय विवरण निर्धारण र चालू पुँजीको वास्तविक आवश्यक सीमा निर्धारणबीच तादात्म्य नमिल्ने र चालू पुँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाइ उत्पन्न भएको व्यवसायीहरुको भनाइ छ। 

पछिल्लो एक हप्तामा वणिज्य बैंकहरुको कर्जा प्रवाह भने एक हप्तामा १ अर्ब मात्रै बढेको छ। मंसिर ९ गते सम्ममा वणिज्य बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा मंसिर १६ गते सम्ममा ४२ खर्ब २३ अर्ब पुगेको छ। 

पछिल्लो समय कर्जा प्रवाहको स्थिति कस्तो छ?
चालू आर्थिक वर्षको साउन भदौ र असोज महिनाको तथ्याङ्क हेर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यो तीन महिना अवधिमा यस्तो कर्जा ७.७ प्रतिशतले बढेको थियो । 

२०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.१ प्रतिशत रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो । द्धछ।समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ। 

२०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। 

२०७८ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.६ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०७९÷८० को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह १.७ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले बढेको छ ।

साउन भदौ र असोज महिना अवधीमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा २.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.० प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.७ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा १.५ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .