कारोबार


नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त

डिजिटल रेमिटलाई प्राथमिकता दिने
नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १७:५६, काठमाडौँ

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन्। 

२९ वर्षीय खनालको रेमिट्यान्स क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ। बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स क्षेत्रमा स्थापित नाम हो। 

खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनल प्रालिका अध्यक्ष रितश मित्तलले स्वागत गरे। खनालले आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन्। विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ। 

आफ्नो पदभार ग्रहण गर्दै खनालले भने, ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ। रेमिट्यान्स् समेत डिजिटल रुपमा भित्र्याई मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो।’ 

कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सीए सागर खनालको आगमनपछि कम्पनीका सेवा सुविधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्तासम्म पुर्याई आगामी दिनमा अझै उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ। 

नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ। विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स भित्र्याउँदै आएको छ। यस रेमिटले हाल देशभर रहेका १० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .