सिद्धार्थ बैंकले वीरगंजको मुर्लीचौकमा नयाँ शाखाको उद्घाटन गरेको छ।
बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे। बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया