कारोबार


टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना हुँदै

टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना हुँदै

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १९:५४, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले आफ्नो नैकापस्थित कार्यालयमा यही टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ। 

कम्पनीले यही पुस १, २ र ३ गते बिहान १० बजे देखि ५ बजे सम्म क्याम्प आयोजना गर्न लागेको जानकारी गराएको छ। 

यस सेल्स तथा एक्सचेन्ज क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालवाहक गाडीहरु (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिनेछ भने जुनसुकै ब्राण्डका अरु कमर्सियल गाडी सँग टाटा मोटर्सका नयाँ एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक एक्सचेन्ज गर्न सकिनेछ।

बजारमा फाइनान्स सुविधा पाउन वा धेरै लगानी गर्न चुनौति भइरहेको अवस्थामा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प मार्फत् ५० प्रतिशतको सहज फाइनान्स सुविधा र कम लागतमा नयाँ जस्तै पर्फर्मेन्स दिने रिकन्डिसन्ड गाडी प्राप्त हुने हुँदा ग्राहकवर्गहरु उत्साहित हुने विश्वास लिइएको छ। यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकहरुले १ निशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन्।

यस्तै टाटा मोटर्सले प्रदान गर्ने अतिरिक्त सुविधा प्राप्त गर्न र टाटा मोटर्सका सन्तुष्ट परिवारको वृहत संजालमा समावेश हुन चाहने ग्राहकहरुका लागि एक्चेन्जको पनि व्यवस्था गरिएको छ जसमा ग्राहकहरुले जुनसुकै ब्राण्डका पुराना कमर्सियल गाडी लिएर आउन सक्नेछन्। 

र भ्याल्युएसन गराइ सोही सेग्मेन्टका टाटाका नयाँ गाडी (एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक) लिन सक्नुहुनेछ। यस क्याम्पमा ग्राहकहरुले आफ्नो गाडीको उत्कृष्ट भ्यालुएसन पाउने छन् भने  हरेक भ्यालुएसनमा आकर्षक उपहार पनि प्राप्त गर्ने छन्। यसका साथै ग्राहकहरुको मनोरंजनका लागि अन्य आकर्षहरु पनि राखिएको कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .