चालू आर्थिक वर्षको ५ महिनामा नेपालको व्यापारघाटा ५ खर्ब ९७ अर्ब पुगेको छ।
५ महिना अवधिमा वस्तु आयात ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको भएको छ भने वस्तु निर्यात ६७ अर्ब रुपैयाँबराबरको भएको छ।
नेपालको व्यापार घाटा चालू आर्थिक वर्षमा घटेको भने देखिएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष व्यापारघाटामा १८ दशमलव ७७ प्रतिशतले गिरावट आएको छ।
गत वर्षको तुलनामा आयत पनि घटेको छ भने वस्तु निर्यात पनि घटेको छ।
गत आर्थिक वर्षको ५ महिनाको तुलनामा वस्तु आयात २० दशमलव ७१ प्रतिशतले घटेको छ। भने वस्तु निर्यात ३४ दशमलव ६१ प्रतिशतले घटेको छ।
33
Shares
प्रतिक्रिया