कारोबार


नयाँ सरकार गठनसँगै सेयरबजारमा उछाल, कारोबार पनि बढ्यो

नयाँ सरकार गठनसँगै सेयरबजारमा उछाल, कारोबार पनि बढ्यो

नेपालखबर
पुस ११, २०७९ सोमबार १३:२३, काठमाडौँ

मंसिर ४ को चुनावपछि देशमा नयाँ सरकार गठन भएसँगै सेयरबजारमा सकारात्मक प्रभाव देखिएको छ। 

दिउँसो १ः१८ बजेसम्म नै नेप्से ४०.६८ अंकले बढेको छ भने कारोबार रकम १ अर्ब माथि पुगिसकेको छ। 

नेपाल स्टक एक्सचेन्जमा २०४ कम्पनीको सेयर बढ्दा ३ वटाको मात्रै घटेको छ। हालसम्म तीनवटा कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको छ भने ३ बजेसम्म यो संख्या अझै बढ्नसक्नेछ। 

अहिलेसम्म १ अर्ब २४ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

आज दोहोरो अंकको वृद्धिसँगै सूचक १९०७.८९ विन्दुमा पुगिसकेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। सोसँगै नयाँ सरकारले पूर्णता पाउने क्रम जारी छ। 

अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल र माओवादीका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको पनि चर्चा रहेको छ। यसमध्ये बलियो दाबेदारी पूर्वअर्थमन्त्री समेत रहेका पौडेलको रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .