ad ad

कारोबार


आउटरिचले चीनमा दुई वटा काँस्य पदक जित्यो

आउटरिचले चीनमा दुई वटा काँस्य पदक जित्यो

नेपालखबर
पुस १९, २०७९ मंगलबार २१:१६, काठमाडौँ

चीनमा सम्पन्न भएको ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले ‘प्रोडक्ट एण्ड मोडल इन्नोभेसन’ र ‘मार्केटिङ इन्नोभेसन’ गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ।

ग्लोबल ईसीआई अवार्ड २०२२ का विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो। अवार्ड अन्तर्गतका तीन विधाहरु ‘प्रोडक्ट एण्ड मोडल इन्नोभेसन, मेटाभर्स अप्लिकेसन इन्नोभेसन र मार्केटिङ इन्नोभेसन’ तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्वट्जरल्याण्ड, क्यानडा, नेपाल, यूएसए, यूके, साउदी अरेबिया, ब्राजिल, थाइल्याण्ड, ताइपेइ सिटी र अस्ट्रेलिया लगायतका देशहरु रहेका छन्।

समारोहमा ईसीआई अवार्डका प्रेसिडेन्ट लिजुन जिया (डा. ओवेन) ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए।

ईसीआई अवार्ड (इन्टरनेसन इन्टरप्रेनर, क्रिएटिभ एण्ड इन्नोभेटर्स एसोसिएसन)  द्वारा स्थापना गरिएको हो। यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .