ad ad

कारोबार


पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

नेपालखबर
पुस २१, २०७९ बिहिबार १३:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थ घटाउन निर्देशन दिएका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका उनले वाणिज्य तथा आपूर्ति सचिवलाई मूल्य घटाउन निर्देशन दिएका हुन्। 

‘प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठकलगत्तै वाणिज्य तथा आपूर्तिसचिवलाई मन्त्रालयमै बोलाएर पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्तालाई मार परेकाले घटाउन निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो, ‘आजै आयल निगमले यसबारे केही निर्णय गर्ला।’ 

पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ। अन्तर्राष्ट्रियस्तरमा मूल्यमा गिरावट आएको कारण निगमलाई मासिक एक अर्बभन्दा बढी नाफा रहेको छ। 

हवाइ इन्धन र मट्टितेलमा कानुनभन्दा बढी नाफा समेत निगमले लिइरहेको छ। यो व्यवस्थामा प्रधानमन्त्रीले निगमको बोर्ड प्रमुख समेत रहेका सचिवलाई निर्देशन दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .