कारोबार


डिजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

डिजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने

नेपालखबर
पुस २८, २०७९ बिहिबार १७:३९, काठमाडौँ

डिजी पे प्रा.लि. र ट्वेन्टी फर्स्ट टेक प्रा.लि. बीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ।

डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बानेश्वर स्थित सामाजिक संजालको डिजिटल मार्केटिंग तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्था सँग सहकार्य गर्ने सम्झौता गरेको हो। 

सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यवसाय आबद्ध योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिंग द्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन्।

ट्वेन्टी फर्स्ट टेक प्रालिको सौजन्य ३० हजार रुपैयाँ पर्ने प्रिमियम प्याकेज मात्र १५ हजार रुपैयाँमा गर्न सक्नेछर साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकता अनुसार, ५० प्रतिशतसम्मको छुटमा बनाउन सक्नेछ।

ट्वेन्टी फर्स्ट टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पेमा आबद्ध व्यवसायीलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताए र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुशी व्यक्त गरेकी छिन्। 

उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए। 

त्यस्तै डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले ट्वेन्टी फर्स्ट टेक प्रालिजस्तो एक प्रतिष्ठित संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए। 

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत डिजिटल मार्केटिंग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको जनाए। यसैगरी अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधाहरु दिने योजना रहेको बताए। 

सम्झौतापत्रमा ट्वेन्टी फर्स्ट टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहाल र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad