माया खोला हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याएको प्राथमिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज अन्तिम मौका हो।
सर्वसाधारणका आज कार्यालयसम्म कम्पनीको आईपीओ आवेदन दिन सक्नेछन्।
कम्पनीले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री गरेको हो।
कम्पनीले सर्वसाधारणको लागि १९ लाख ९२ हजार कित्ता सेयरका लागि बिक्री गरिरहेको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
27
Shares
प्रतिक्रिया