कारोबार


लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता

नेपालखबर
माघ १७ , काठमाडौँ

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ। 

मंगलवार होटल र्‍याडिसन काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुवै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका हुन्।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरे।

उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ। मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ।

त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डीडीए रिपोर्ट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को शेयर आदान प्रदान अनुपात क्रमश १००:८० कायम रहनेछ।

साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ।

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ।
 

माघ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.