नेपाल धितोपत्र बोर्डले मन्छियाम हाइड्रोपावर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले बिहीबार कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि १६ करोड २७ लाख बराबरको १६ लाख २७ हजार कित्ता सेयर जारी गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
27
Shares
प्रतिक्रिया