ad ad

कारोबार


एडीबीको ८४ अर्ब प्रतिबद्धता, खर्च ४ अर्ब ३४ करोड : ६ महिनामा कति आयो दातृनिकायबाट?

एडीबीको ८४ अर्ब प्रतिबद्धता, खर्च ४ अर्ब ३४ करोड : ६ महिनामा कति आयो दातृनिकायबाट?

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १६:३८, काठमाडौँ

एसियाली विकास बैंक (एडीबी)ले चालू आवमा ८४ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा ६ महिनामा ४ अर्ब ३४ करोड रुपैयाँ मात्रै खर्च भएको छ। 

एडीबीले चालू आर्थिक वर्षको बजेटको ५.१६ प्रतिशत मात्रै खर्च भएको हो। 

बजेटमा विश्व बैंकअन्तर्गतको आईडीएले ४४ अर्ब ७९ करोड रुपैयाँ स्रोत देखाएकोमा  पुससम्म ५ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ। 

त्यस्तै आईडीए/डीपीसीले ३६ अर्ब स्रोत सुनिश्चितता गरेकोमा ३ अर्ब १७ करोड खर्च भएको छ। 

फिनल्यान्डको विद्यालय शिक्षा क्षेत्रको योजना एसईएसपीले १४ अर्ब ३४ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरेकोमा ५ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ। 

एडीबी पीवीएलले संयुक्त रुपमा १२ अर्ब स्रोत सुनिश्चितता गरेकोमा २ अर्ब ४ करोड मात्रै खर्च भएको छ। 

भारतको एक्जिम बैंकबाट ९ अर्ब ४२ करोड बजेट आउने लक्ष्य राखेकोमा ६ महिनामा ६४ करोड रुपैयाँ मात्रै खर्च भएको छ। 

 महालेखा नियन्त्रक कार्यालयका अनुसार दाताको संयुक्त कोषबाट ८ अर्ब ६२ करोड बजेट विनियोजन गरिएकोमा ५८ करोड रुपैयाँ खर्च भएको छ। 

भारत सरकारले ८ अर्ब ६२ करोड सहयोग गर्ने प्रतिबद्धता गरेकोमा ८० करोड मात्रै खर्च भएको छ। 

आईएमएफ र ईसीएफको संयुक्त रुपमा ६ अर्ब ६० करोड रुपैयाँ  सहयोग हुने भनिएकोमा १ अर्ब २८ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .