कारोबार


‘एकै ऋणीले १० लघुवित्तबाट ऋण लिएको भेटियो, नपाउने व्यवस्था गर्छौँ’

‘एकै ऋणीले १० लघुवित्तबाट ऋण लिएको भेटियो, नपाउने व्यवस्था गर्छौँ’

नेपालखबर
फागुन ८, २०७९ सोमबार १६:४४, काठमाडौँ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तका ऋणीले दुई संस्थाभन्दा बढी बाट ऋण लिन नपाउने व्यवस्था मिलाउने बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको 'संकटमा लघुवित्त : कारण र समाधान' शीर्षकको राउण्डटेबल कार्यक्रममा लघुवित्तका ऋणी एवम् विभिन्न सरोकारवालाहरुसँग बोल्दै उनले सो कुरा बताएका हुन् । 

उनले एक जना व्यक्ति धेरै लघुवित्तको ग्राहक बन्ने र सबै संस्थाबाट ऋण लिने बढेसँगै नेपाल राष्ट्र बैंकले धेरै संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्न  लागेको बताए । 

पछिल्लो समय एक जना ऋणीले १० संस्थाबाट ऋण लिएको भेटिएको नेपालले बताए । 

‘पछिल्लो समय लघुवित्तमा डुप्लिकेसनको समस्या करिब ७० प्रतिशत हाराहारीमा देखिएको छ,’ उनले भने, ‘एक जनाले धेरै संस्थाबाट ऋण लिने र साँवा र कर्जा भुक्तानी गर्न नसक्ने अवस्था आयो ।’

साथै, केही लघुवित्त चाँडै नाफा कमाउने होडमा समेत होमिएको नेपालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .