कारोबार


एनआईसी एसिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

एनआईसी एसिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १८:१९, काठमाडौँ

एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन्। 

८ गते सम्पन्न सञ्चालक समितिको १२०औं बैठकको निर्णयअनुसार सोही दिनदेखि लागू हुने गरी राठीलाई अध्यक्ष चयन गरिएको हो। 

एनआईसी एसिया बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव छ। 

नवनियुक्त सञ्चालक समितिका अध्यक्ष उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिएको कम्पनीले जनाएको छ। 

एनआईसी एसिया क्यापिटलले आ.व. २०७९÷०८० को दोस्रो त्रैमासिकसम्म ५ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ५६.१० रुपैयाँ कायम गर्न सफल भएको छ। 

क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आ.व. २०७९÷०८० को दोस्रो त्रैमासिक अन्त्यसम्म एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु सञ्चालन गरिरहेको छ। 

क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’मा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)/सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी) समेत सञ्चालन गरिरहेको छ। 

लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम योजनाहरु सञ्चालन गरीे आ.व. २०७९/०८० को पुस मसान्तसम्ममा ५८६ जना ग्राहकहरुबाट १ अर्ब ५६ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ। 

निक्षेप सदस्य सेवा अन्तर्गत पुस मसान्तसम्म ६ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरु मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ। 

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवाअन्तर्गत २०७९ पुस मसान्तसम्ममा १४ वटा कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। 
क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरिसकेको र विशिष्टीकृत लागनी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागेको छ। 

हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरुमाझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने, एसआईपीसहित खुलामुखी योजनाको इकाइको खरिद पुनः खरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad