सेयरबजारमा ठूलो गिरावट आएको छ।
साताको अन्तिम कारोबार दिन नेप्से ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो।
आज १४ कम्पनीको मात्रै सेयर बढेको छ भने २०३ वटाको घटेको छ।
बजारमा आज २६० कम्पनीको सेयर कारोबार भएको थियो। दिनभरिमा ४८ हजार पटकको खरिदबिक्रीपछि २ अर्ब ५२ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आज कमाउने लगानीकर्ताले ४.८२ प्रतिशतसम्म कमाए पनि लघुवित्तका सेयरधनीले १० प्रतिशतसम्म गुमाएका छन्।
आज अधिकांश लघुवित्तको सेयर मूल्य घटेको छ। छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको ८ करोडको खरिदबिक्री भएको हो।
36
Shares

प्रतिक्रिया