कारोबार


प्रधानमन्त्रीलाई राजीनामा बुझाएर अर्थ मन्त्रालय नछिरी सिंहदरबारबाट बाहिरिए अर्थमन्त्री

प्रधानमन्त्रीलाई राजीनामा बुझाएर अर्थ मन्त्रालय नछिरी सिंहदरबारबाट बाहिरिए अर्थमन्त्री

नेपालखबर
फागुन १५, २०७९ सोमबार १७:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर अर्थमन्त्री विष्णु पौडेल सिंहदबारबाट बाहिरिएका छन्।

राजनीतिक स्थिति काबुबाहिर रहेको भन्दै उनले राजीनामा दिएका हुन्।

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ। सोही कारण उनले राजीनामा बझुाएका हुन्। 

अर्थ मन्त्रालयमा कर्मचारीहरुले विदाइ कार्यक्रमको तयारी गरे पनि उनी राजीनामा बुझाएपछि मन्त्रालय छिरेनन्।

उनी पुस ११ गते अर्थमन्त्रीमा नियुक्त हुँदै अर्थ मन्त्रालय सम्हालेका थिए। उनले २ महिना ४ दिन अर्थ मन्त्रालय सम्हाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad